arrow

गृहमन्त्रीको संगतले आईजीपी पनि गलत बाटोमा, आफ्नै ब्याचीलाई अन्याय गरी जुनियरलाई बढुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ६ आइतबार
ravi-basanta-kunwar.jpg

काठमाडौँ । प्रहरी महानिरीक्षाक (आईजीपी) वसन्तबहादुर कुँवरले गृहमन्त्री रवि लामिछानेको आदेशलाई हुबहु कार्यान्वयन गर्दा आफ्नै ब्याची अन्यायमा परेका छन् । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि शुक्रबार राति भएको सिफारिसमा आईजीपी कुँवरले आफ्नै ब्याचीलाई अन्याय गरेका हुन् । पछिल्लो ब्याचीलाई अबको दुई महिनापछि बढुवा  गर्ने अवस्था र परिस्थिति हुँदाहुँदै आफ्ना ब्याचकालाई पन्छाएर दुई ब्याच जुनियरलाई बढुवा सिफारिस गरिएको छ । 

सार्वजनिक भाषणमा विधि र प्रक्रियाको कुरा गर्दै आएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्यसविपरीत प्रहरी संगठनलाई नै गिजोल्ने गरी एकपछि आईजीपीलाई दबाबमा राखेर  डीआईजी बढुवा सिफारिस गरेका हुन् । आईजीपी कुँवरले आफ्नै ब्याचका अधिकृतहरु एसएसपी हुँदाहुँदै जुनियरलाई बढुवा गर्दा प्रहरी संगठनमा चेनअफ कमान्ड कमजोर अवस्था भएको छ 

। सिफारिस सूचीअनुसार पहिलो नम्बरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा कार्यरत कृष्णहरि शर्मा पोखरेल पहिलो नम्बरमा सिफारिस भए । दोस्रो नम्बरमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी दानबहादुर कार्की र तेस्रो नम्बरमा प्रहरी प्रधान कार्यालयका महिला तथा बालबालिका निर्देशनालयका कार्यरत डा. मनोज केसी सिफारिस भएका छन् । साथै प्रहरी प्रधान कार्यालयमा रहेका अर्का एसएसपी राजन अधिकारीलाई पनि बढुवा सिफारिस गरियो । 

अहिले तीन जना डीआईजीको पद मात्र रिक्त भए पनि चार जनाको बढुवा सिफारिस गरिएको छ । १० जेठमा डीआईजी सुरेन्द्र मैनाली उमेर हदका कारण अवकाशमा जाने भएकाले उनको ठाउँमा रिक्त हुने पदमासमेत अहिले नै सिफारिस गरिएको हो । 

यी चार जना डीआईजीमा सिफारिस हुँदा प्रहरी महानिरीक्षक कुँवरकै ब्याचका तीन जना ध्रुुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्दले अहिले एसएसपीमै चित्त बुझाउनु पर्ने अवस्था आएको छ । 

महानिरीक्षक कुँवरसहित उनीहरु ५ चैत २०५१ मा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । डीआईजीमा पहिलो नम्बरमा सिफारिसमा परेका एसएसपी कृष्णहरि शर्मा पाखरेल पनि राउत, रावल र चन्द भन्दा पछि प्रहरी सेवामा प्रवेश गरेका वैकल्पिक अधिकृत हुन् । उनी हालका एआईजी दीपक थापाका ब्याची हुन् । उनीहरु २७ कात्तिक २०५२ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । 

उनीहरुपछिको अर्को टोली ५ पुस २०५३ मा प्रहरी सेवामा आएको टोली हो । उनीहरु प्रहरी निरीक्षकमा भर्ना भएदेखि एसएसपीसम्मै अगाडि छन् । तर अहिले डीआईजीमा सिफारिसमा परेका कार्की, केसी र अधिकारी भने १८ चैत २०५४ को टोलीका हुन् ।

कार्की र केसी भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका अधिकृत हुन् । यद्यपि बढुवा सिफारिसमा परेका २०५४ का तीनै जना राम्रो अधिकृतमा भने चिनिन्छन् । हालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र बंशिराज दाहाल पनि यही टोलीका हुन् ।

‘असार र भदौमा एक एआइजी र एक डीआईजीको पद खाली हुँदै थियो पछिल्लो ब्याचलाई ल्याउनु परे पनि त्यही बेला बढुवा गरेको भए राम्रो सन्देश जान्थ्यो’, प्रहरी प्रधानकार्यालयका एक अधिकारीले भने ‘यो विषयमा आईजीपीले अडान लिन नसक्दा दुई व्याचलाई अन्याय भयो ।’

तीन फरक–फरक मितिमा एसएसपीमा बढुवा भएका चार ब्याचीहरुबीच डीआईजी बढुवाका लागि प्रतिस्पर्धा भएको थियो । यो बढुवामा २०५३ सालमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरु छुटेका छन् । 

 २०५३ को टोली राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएको टोली हो । २०५३ को टोलीबाट डीआईजी बढुवाको प्रतिस्पर्धामा सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदीलगायत थिए । 

बढुवामा उनीहरुलाई पूरै अन्याय गरिएको छ । स्थान्तरण भएबाटै उनीहरुलाई अन्याय गरिएको हो । ‘एउटा व्याचलाई मात्र होइन दुई वटा ब्याचलाई अन्याय गरियो’, प्रहरी प्रधान कार्यालयका ती अधिकारीले भने । 

गृहमन्त्री भएदेखि नै प्रहरीमा विधि भत्काउन थालेका लामिछानेले एसपी बढुवामा पहिलो नम्बरका डीएसपी प्रदीप क्षेत्रीलाई नै छुटाइदिएका थिए ।

नेताका पीएसओलाई भने वरीयतामा पछाडि भए पनि लामिछानेले बढुवा गरेका थिए । श्रीमती नेपाली कांग्रेसको नेता भएको भन्दै डिएसपी क्षेत्रीको बढुवा रोकिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ