arrow

ओलीको स्पष्टीकरणः सरकारले प्रेस स्वतन्त्रता हनन गरेको छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
kp-oli-ilam.jpg
तस्बिर-फाइल

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नागरिकतामाथि प्रश्न उठेपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको घटनाले प्रेस स्वतन्त्रता हनन् नहुने बताएका छन् । 

एमाले मोरङ जिल्ला कमिटीले विराटनगर-११ स्थित पाञ्चालिमा रहेको भवन परिसरमा निर्माण गरिएको नेताद्वय स्व पुष्पलाल श्रेष्ठ, मदनकुमार भण्डारी र मनमोहन अधिकारीको अर्धकदको शालिक अनावरणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नागरिकता छानबिनको विषय प्रेस स्वतन्त्रता हनन्सँग सम्बन्धित नरहेको स्पष्ट पारे ।

“नागरिकता छानबिनबाट मुलुकमा अधिनायकवाद र निरङ्कुशता कायम हुने भन्ने कुरा जनतामा भ्रम सिर्जना गर्ने कार्यमात्र भएको हो । कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहिया कसैको रिसइबिले होइन नागरिकतासम्बन्धी मुद्दामा पक्राउ परेका हुुन, यसलाई गलत रुपमा प्रस्तुत गर्नु हुँदैन”, अध्यक्ष ओलीले भने । 

उनले नेपाली कांग्रेसले सहकारीको मुद्दामासडकमा आन्दोलन गर्नु जरुरी नभएको धारणा राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ