arrow

भँगेरा मार्न जाने तोप बोकेर - ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
kp-oli-03-11.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताएका छन् । उनले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने बताए । 

उनले नेपाली कांग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद अवरुद्ध गरिरहेको र एउटा पात्रका बिरुद्ध खनिएको भन्दै आपत्ति जनाए । 

उनले भने, ‘रवि लामिछाने की को भन्ने पात्रका बिरुद्ध कांग्रेस खनिएको छ । कांग्रेस जस्तो पार्टी रवि लामिछानेका बिरुद्ध खनिएको छ । के खनिनु । भँगेरा मार्न जाने तोप बोकेर । बल्लबल्ल राजनीतिमा आएको, एक वर्ष भयो । खैर अहिलेको उपप्रधानमन्त्री हुनुहुन्छ उहाँ, म सम्मान गर्दछु उहाँलाई उपप्रधानमन्त्रीको हैसियतले ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ