arrow

डुबान रोक्न कोशीको ढोका खोल्ने विषयमा दुवै देशबीच समन्वय आवश्यक [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १४ सोमबार
raju-aryal-03-13.jpg

काठमाडौँ ।  सशस्त्र प्रहरी बल,नेपालका प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य डुबान रोक्नको लागि कोशीको ढोका खोल्ने विषयमा नेपाल-भारतबीच समन्वय गर्न जरुरी रहेको बताएका छन् । सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा मनसुन सम्बन्धी विपद् जोखिम सम्बन्धी सरोकारवालहरूसँगको छलफलमा बोल्दै महानिरीक्षक अर्यालले यस्तो बताएका हुन्  । उनले सिँचाइ, स्वास्थ्य र परराष्ट्र सचिव स्तरीय दुवै देशबीच समन्वय गरी कोशीमा ३ मिली क्युसेक  भन्दा माथि पानी पुगेपछि कोशीको ढोका खोल्ने गरी समझदारी समयमा नै गर्नु जरुरी रहेको बताए । 

उनले दुवै देशबीच कोशी ब्यारेजको ढोका खोल्ने समझदारी नहुँदा तराईमा धेरै डुबानमा परेर मानिसहरूले ज्यान गुमाउनुपर्ने अवस्था आएको उल्लेख गरे । उनले अहिलेसम्म दुबै पक्षबीच समन्वय र समझदारी नदेखिएको बताए । महानिरीक्षक अर्यालले त्यसको समन्वय परराष्ट्र मन्त्रालयले गर्न आवश्यक रहेको बताए । उनले बाढी पहिरो जस्ता जोखिमको उद्धारको लागि हेबी इक्युमेण्टहरु सरकारसँग भए पनि सुरक्षा निकायहरूसँग जोडिन  नहुने बताए । 

उनले हाबी सवारी साधनहरू सुरक्षा निकायलाई दिए उद्धारमा आफैँ सवारी चालक राखेर सञ्चालन गर्ने बताए । उनले बाढी पहिरोको कारण काठमाडौं आउने मुख्य राजमार्ग दुई दिनसम्म बन्द हुने अवस्था आउन दिने गरी सहजिकरण गर्ने तयारी गर्न आवश्यक रहेको बताए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ