arrow

प्रदेश योजना आयोगमा चार सदस्य नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
Koshi Pradesh.jpg
तस्बिर-फाइल

विराटनगर । कोशी प्रदेश योजना आयोगमा चार जनालाई सदस्यमा नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिका-९ का डा सीताराम बस्नेत, सोलुखुम्बुको मुक्ली गाउँपालिका-६ का किशोरकुमार राई, सुनसरीको धरान उपमहानगरपालिका-१२ का भवानीप्रसाद बराल र मोरङ केराबारी गाउँपालिका-२ की नमिता न्यौपानेलाई प्रदेश योजना आयोगको सदस्यमा नियुक्त निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता लीलाबल्लभ अधिकारीले जानकारी दिए ।

बैठकले प्रदेश सरकारलाई आर्थिक भार नपर्ने गरी कोशी प्रदेशसभाका सदस्यहरु राजन किराँती र सम्झना तामाङको क्यानडाको वैदेशिक भ्रमणलाई स्वीकृत गर्ने र कूटनीतिक राहदानीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

यस्तै राजनीतिक आर्थिक र सामाजिक पहिचानका सम्बन्धमा देखापरेका समस्यालाई समाधान गर्नका लागि वार्ताद्वारा शान्तिपूर्ण ढङ्गले समाधान गर्नका लागि ‘राजनीतिक तथा शान्ति वार्ता समिति’ गठन गर्ने निर्णय गरिएको पनि अधिकारीले जानकारी दिए । 

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा गठित समितिको सदस्यमा भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेती र आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहने निर्णय गरिएको सरकारका प्रवक्ता अधिकारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ