arrow

नगर प्रहरीको पदपूर्तिमा 'बालेन नीति', सेनाका वैकल्पिकलाई बोलाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
walendra-sah-balen-81-2-18.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेपाली सेनाको वैकल्पिक सूचीमा परेका व्यक्तिलाई नगर प्रहरी बनाउने भएको छ ।महानगरपालिकाका लागि आवश्यक १ सय ३७ जना नगर प्रहरीको भर्नाका लागि महानगरले यो विधि अपनाएको हो । 

यसरी वैकल्पिक सूचीमा पर्नेहरुको नियुक्ति करारमा हुनेछ । महानगरपालिकाले नेपाली सेनाको भर्ना छनोट निर्देशनालयबाट प्राप्त वैकल्पिक सूचीमा समावेश भएकाहरुलाई सात दिनभित्र नियुक्तिका लागि सम्पर्कमा आउन आग्रह गरेको छ । 

करार सेवामा नियुक्त गर्दा हुने चलखेल गरिएको आरोपबाट बच्न महानगरले यस्तो ‘ट्रिक’ निकालेको हो । यद्यपि महानगर प्रहरीको काम नेपाल प्रहरी वा सशस्त्र प्रहरीसँग मिल्दोजुल्दो भए पनि महानगरले नेपाली सेनाको वैकल्पिक सूचीलाई छानेको छ ।

यसअघि पनि करार सेवामा कर्मचारी नियुक्त गर्नसमेत लोकसेवा आयोग वा प्रदेश लोकसेवा आयोगका वैकल्पिक सूचीमा रहेकाहरुलाई प्राथमिकता दिँदै आएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ