arrow

सिक्किमका मुख्यमन्त्रीले नेपाली भाषामा लिए शपथ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
prem-sing-gole.jpg

काठमाडौँ । भारतको सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले नेपाली भाषामा पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । गान्तोकको पालजोर स्टेडियममा उनले सिक्किमको मुख्यमन्त्रीमा दोस्रो कार्यकालका लागि शपथग्रहण गरेका हुन् । 

शपथ ग्रहण समारोहमा गोलेलाई सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । उनीसँगै मन्त्री परिषद्का ११ जना मन्त्रीहरूले पनि शपथ ग्रहण गरे । 

विधायक सोनाम लामा, अरुणकुमार उप्रेती, साम्दुप लेप्चा, भीमहाङ लिम्बू, भोजराज राई, जीटी ढुङ्गेल, पुरनकुमार गुरुङ, पिन्ट्सो नामग्याल लेप्चा, नर बहादुर दहाल, राजु बस्नेत र छिरिङ थेण्डुप भुटियाले मन्त्रीका रूपमा शपथ ग्रहण गरे । 

सिक्किममा गत १९ अप्रिल २०२४ मा सम्पन्न विधान सभा चुनावमा गोलेको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले ३२ सिटमध्ये ३१ सिटमा जीत हासिल गरेपछि गोलेको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । 

शपथग्रहणपछि बोल्दै मुख्यमन्त्री गोलेले आफू सरकारमा आएपछि सिक्किम–नेपालको सम्बन्ध बिस्तार गर्न धेरै पहलहरू भएको बताए । 

उनले चिवा भञ्ज्याङ् सीमालाई सुचारु गराउन सिक्किम तर्फको सडक निर्माण लगायतमा कामहरू बाँकी रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ