arrow

विश्वकप क्रिकेटमा आर्थिक अनियमितता भएको भन्दै छानबिन गर्न सांसद आचार्यको माग [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३० बुधबार
bhim-acharya.jpg

काठमाडौँ । विश्वकप क्रिकेटमा आर्थिक अनियमितता भएको भन्दै छानबिन गर्न एमालेका सांसद भीमप्रसाद आचार्यले माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले आईसीसी टी ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै छानबिनको लागि आयोग गठन गर्न माग गरेका हुन् । 

उनले प्रतियोगितामा आर्थिक अनियमितता भएको समाचारहरू आएका भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न आयोग गठन गर्न माग गरे। उनले क्यानको नेतृत्वबाट अनियमितता भएको कुरा आएकाले छानबिन गर्नुपर्ने बताए । 

उनले भने – ‘अमेरिका र वेस्ट इण्डिज्को संयुक्त आयोजनामा टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता चलिरहेको छ । प्रतियोगितामा क्यानको नेतृत्वबाट अनेकौँ खालका गलत कामहरू भइरहेको र अनियमितता भइरहेको गुनासो आएकोले सरकारले यथाशीघ्र रोक्नुपर्ने जरुरी भएकोले यो कुरा उठाएको छु । टोलीको सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेका कारणले उनले भिसा पाएनन् । र जिताउन लाग्नुपर्ने क्यानको नेतृत्व राम्रो खेलाडीलाई हराएर किन टिम बनायो ? नेपाललाई हराउने खालको कि जिताउने खालको काम गरेको हो ? नेपालीहरूले प्रश्न गरिरहेका छन् । डाक्टरलाई कटाएर एक जना महिलाको नाम पठाइयो । आइसिसीले अस्वीकार गर्यो‍ । जसले गर्दा नेपालको प्रतिष्ठामा ठुलो आघात पारेको छ । खेलाडीको साख बेचेर, खेलाडीलाई होटेलमा उभ्याएर चन्दा उठाएर दुरुपयोग गरिएको भन्ने गुनासो आएको छ । अवैध रुपमा जर्सीहरू अमेरिका लगेर नेपालीहरूलाई महँगोमा बिक्री गरेको र त्यो रकम पनि हिनामिना गरेको भन्ने गुनासाहरू आएका छन् । खेलाडीले हस्ताक्षर गरेका ब्याट र टिसर्ट मर्यादाहीन ढङ्गले बिक्री गरि हिनामिना गरेको भन्ने कुरा पनि आएका छन् । अमेरिकामा बस्ने नेपालीबाट अवैध रूपमा चन्दा उठाइ क्यानको खातामा नराखी दुरुपयोग गरेको भन्ने गुनासो आएको छ, आईसीसी टी ट्वान्टी प्रतियोगितामा नेपाललाई हराउन गरिएको षड्यन्त्र, आर्थिक अनियमितता र भइरहेका जुन आरोप लागिरहेको छ, त्यो नेपालको शीर निहुराउने भएको यस्तो गलत क्रियाकलापको सन्दर्भमा निष्पक्ष छानबिन आयोग गठन गरेर सरकारले यथाशीघ्र छानबिन गरोस् । दोषीमाथि कारबाही गरोस् भन्ने माग गर्न चाहन्छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ