arrow

बालेनले एमाले कांग्रेसको धङधङी बोकेर नआउन भनेपछि नगरसभा स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २ आइतबार
kathmandu-nagarsabha-81-3-2.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगरसभाको १५ औं अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ ।

आइतबार नगरसभा बैठक शुरु भएपछि एमाले र कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि नगरसभा असार १० गतेसम्मका लागि स्थगित गरिएको हो । 

बैठक सुरु हुना साथ महानगर प्रमुख वालेन्द्र साह (वालेन) ले आर्थिक वर्ष २०८१–८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए । त्यसपछि केही जनप्रतिनिधिहरुले बैठक बहिष्कार गरेपछि शाहले बैठक स्थगित गरेका हुन् ।

बैठक स्थगित भए पनि मेयर साहले एमाले र कांग्रेसको धङधङी बोकेर नगरसभामा नआउन चेतावनी दिएका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ३ जना नेताले गर्दा , १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएकोसमेत उल्लेख गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ