arrow

आर्थिक विधेयकमाथिको छलफल सकियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
Koshi Pradesh.jpg

विराटनगर। कोशी प्रदेशसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक विधेयकमाथिको छलफल सकिएको छ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२५(४) बमोजिम आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले सो विधेयक सदनमा पेश गरेका थिए। मन्त्री मगरले समयको अभावमा आर्थिक विधेयकमा बृहत छलफल गर्न नसकेपनि विधेयक निर्माण गर्दा विभित्र क्षेत्र, सांसद, राजनीतिक दलहरुसँग छलफल गरेर नै ल्याएको जानकारी दिए।

छलफलमा उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री मगरले वर्तमान आर्थिक विधेकयले ढुंगा संकलन र बिक्री मूल्यलाई व्यवस्थित गरेको बताउँदै करका दायरा र क्षेत्रमा विशेष अध्ययन गरिने कुरामा जोड दिए।

उनले प्रदेशमा भएका तारे होटेल र क्यासिनोबाट व्यवस्थित ढंगले राजस्व उठाउने विधि अपनाउने भन्दै पहाडी र हिमाली क्षेत्रमा पर्यटकको पहुँच पुर्‍याउन र जलयात्रालाई सरकारले उचित व्यवस्था गर्ने स्पष्ट पारे।

सरकारले कर संकलन गर्ने संयन्त्र र स्थानीय तहबाट प्राप्त हुने राजस्वलाई अझ फराकिलो बनाउने उल्लेख गर्दै मन्त्री मगरले राजस्वको स्रोत नखोज्ने र बाँडफाँटमा मात्र केन्द्रित भइयो भने विकासका योजनाहरु आगाडि बढाउन नसकिने जिकिर गरे।

छलफलमा प्रदेशसभा सदस्य खड्गबहादुर बस्नेत, रमेशकुमार बस्नेत, गोपाल तामांगले आर्थिक विधेयकलाई अपनत्व ग्रहण गर्न बृहत छलफलको आवश्यकता औल्याएका थिए।

बैठकको विशेष समयमा सदस्य तिलकुमार मेन्याङ्बो (लिम्बू)ले अबिरल बर्षाका कारण यसप्रदेशमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे।

उनले अहिले पनि यस प्रदेशको पहाडी क्षेत्रमा बाढी र पहिरोको कारण कतिपय परिवारको घर जोखिममा रहेकाले सुरक्षित बासका लागि सरकारको ध्यानाकर्षण गराउँदै बाढीले खेतबारी बगाएको, विस्थापित भएका परिवार र चौपायाहरु मरेकाले पीडित परिवारलाई आवश्यकता क्षतिपूर्ति गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए।

प्रदेशसभा सदस्य विद्या चाम्लिंग राईले सरकारले ल्याएको आगामी आर्थिक वर्षका लागि बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै बजेटले नागरिकका समस्या समाधान नहुने तर्क गरिन्।

साथै बैठकका शून्य समयमा सदस्यहरु किशोरचन्द्र दुलाल, रोहित कार्की, खगेनसिं हाङ्गाम, प्रेमराज थाम्सुङ्हाङ्ग, भीम पराजुली र राधाकृष्ण खनालले पनि प्रदेशको समसामयिक विषयमा बोलेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ