arrow

प्रदेश सभा सदस्यबाट पदमुक्त फणिन्द्र पुगे सर्वोच्च अदालत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
surendraraj-panday-phadindra-devkota.jpg

पोखरा । प्रदेश सभा सदस्यबाट पदमुक्त भएका फणिन्द्र देवकोटाले सर्वोच्च अदालत रिट दायर गरेका छन् ।

जेठ ३२ गते माओवादी केन्द्रले कारबाही गरेसँगै उनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका थिए । पदमुक्त हुनुअघि उनी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा उर्जा मन्त्रीसमेत थिए । 

आफ्नो पद पुनर्बहाली गर्न माग गर्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । पदमुक्त भएका उनले बिहीबार सर्वोच्च अदालतमा रिट हालेका हुन् ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनेक्रममा माओवादी केन्द्रको संसदीय दलले लगाएको ह्वीप उल्लघन उनले पाण्डेलाई विश्वासको मत दिएका थिए । 

सोही कारण माओवादी केन्द्रले उनलाई सांसद नरहने गरी संसदीय दलको सदस्यबाट निस्काशन गरेको थियो । त्यसकै आधारमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभामा देवकोटा पदमुक्त भएको सुनाएका थिए ।

देवकोटा नेपाल समाजवादी पार्टीका नेता हुन् । उनले माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौडा लिएर गोरखा २ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । 

नेपालको राजनीतिक दलसम्बन्धी ऐन अनुसार उनी प्रदेश सभामा चाहि माओवादीको संसदीय दलको सदस्य थिए । उनले आफू नेसापको सांसद भएको जिकिर गर्दैै माओवादीले कारबाही गर्न नमिल्ने जिकिर गर्दै आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ