प्रतिनिधि सभाबाट अभिलेख संरक्षण विधेयक पारित [भिडियो]
अर्को बैठक असार १४ गते शुक्रबार
हाम्रा कुरा
प्रकाशित २०८१ असार १३ बिहिबार
673
Shares
काठमाडौँ । प्रतिनिधि सभाले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरेको हो ।
सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे ।
प्रतिनिधि सभाको अर्को बैठक असार १४ गते शुक्रबार(भोलि) बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।