arrow
ADVERTISEMENT

प्रतिनिधि सभाको बैठक बस्दै

आर्थिक विधेयकमाथि छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
parliament-house-new-2080-12-16.jpg

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज अपराह्न ३ बजे बस्नेछ । 

बैठकमा आर्थिक विधेयक, २०८१ माथि छलफल हुने, आर्थिक विधेयक, २०८१ माथि प्राप्त संशोधनहरूलाई निर्माणार्थ प्रस्तुत गरिने छ । 

अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

 “राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि प्राप्त संशोधनहरूलाई निर्माणार्थ प्रस्तुत गरिने, अर्थमन्त्री वर्षमान पुनले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

भन्सार महसुल विधेयक, २०८१ माथि प्राप्त संशोधनहरूलाई निर्माणार्थ प्रस्तुत गरिने, अर्थमन्त्री वर्षमान पुनले भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ