arrow

प्रतिष्ठानमा हुलदङ्गा गरेर अशान्ति मच्चाएका भन्दै कानूनी दायरामा ल्याउन माग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
karnali-health-academy.jpg

काठमाडौँ । प्रतिनिधि सभा सदस्य विनीता कठायतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ र तरुण दलले हुलदङ्गा गरेर अशान्ति मच्चाएका भन्दै कानूनी दायरामा ल्याउन माग गरेकी छन् । 

सोमबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य कठायतले प्रतिष्ठान घेराउ गर्ने तथा अमर्यादित काम गर्ने गरिएको भन्दै कांग्रेस नेताहरूकै संलग्नतामा अस्पतालको भविष्य धरापमा पारिएको बताइन् ।

उनले भनिन् – ‘युवा र विद्यार्थी देखाएर स्वयं कांग्रेस पार्टीका जुम्ला जिल्ला सचिवको नेतृत्वमा गएको टोलीले प्रतिष्ठानको शान्त वातावरण धमिल्याउन खोज्नु र अशान्ति मच्चाउनु कानुन विपरीत कदम हो । यसलाई तत्काल कानूनी दायरामा ल्याउन र सेवामा खटिएका स्वास्थ्यकर्मी, कर्मचारीहरूको सुरक्षा प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले स्वास्थ्यकर्मी र कर्मचारीहरूको सुरक्षा प्रत्याभूति गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ