arrow

प्रधानमन्त्री बन्नुअघि ओलीले बोलाए सचिवालय बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
kp-oli-2080-07-17.jpg

काठमाडौँ । विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेकपा (एमाले) को सचिवालय बैठक बस्ने भएको छ ।

आज दिउँसो ३ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालयमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

उनले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाएको बताए ।

कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएको छ । सोमबार राति एमाले अध्यक्ष केपी शर्मा ओली दुई वर्ष प्रधानमन्त्री, बाँकी अवधि शेरबहादुर देउवा चुनावसम्म प्रधानमन्त्री बन्ने सहकार्य गर्ने सहमति भएको छ । 

उक्त सहमतिपछि ओलीले सचिवालय बैठक बोलाएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ