arrow

एसईईको मौका परीक्षा दिने विद्यार्थीका लागि ओलीको यस्तो घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २१ शुक्रबार
kp-oli-01-25.jpg

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने बताएका छन् । बिहीबार रुपन्देहीमा २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै उनले एसईई परीक्षा राम्रोसँग उत्तीर्ण गराउनका लागि अङ्ग्रेजी, गणित, अप्सनल म्याथ, साइन्स र सामाजिक विषयका कक्षाहरू अनलाइनमार्फत उपलब्ध गराइने बताए । 

उनले काठमाडौँबाट गुणस्तरीय शिक्षकले  अनलाइनमार्फत शिक्षा दिनुहुने बताए । उनले अनलाइन कक्षाको व्यवस्था देशभर नै गर्ने भन्दै निःशुल्क अनलाइन शिक्षा लिनका लागि केपी शर्मा ओली फेसबुक पेजमा सम्पर्क राख्न आग्रह गरे । उनले पेजमा सम्पर्क नम्बर छोडेपछि अनलाइन कक्षामा जोडिएर अनलाइन कक्षाको लाभ लिन सकिने बताए ।

उनले भने, ‘यत्रो ठूलो ५३ प्रतिशत किन फेल भयो भन्दा अप्सन नै छैन । शिक्षकहरू गुणस्तरीय शिक्षक, शिक्षकहरूले नै तालिम पाएका छैनन्, शिक्षक नै गुणस्तरको छैन । जसले नलेज ट्रान्सफर गर्न सक्छ । सम्प्रेषण गर्न सक्छ । नलेज ट्रान्सफर गर्ने, पहिला आफूसँग नलेज हुनुपर्छ । नलेजको स्किल हुनुपर्छ । हाउ टु ट्रान्सफर नलेज । अरू विद्यार्थी कमसल भएर होइन । म एसईई पास गरेका सम्पूर्ण विद्यार्थीलाई बधाइ भन्न चाहन्छु । शुभकामना भन्न चाहन्छु । उहाँहरुको भविष्य सफल होस् । अब मौका परीक्षा पाउँदै हुनुहुन्छ, विद्यार्थीले । मौका परीक्षा दिन पाउँदै हुनुहुन्छ, मौका परीक्षा दिनका लागि यही साउनमा दिन तोकिएको छ । त्यस मौका परीक्षामा जस्ताको त्यस्तै दियो भने फेरि उही हुनसक्छ । फेल हुने सम्भावना फेरि जस्ताको त्यस्तै हुन्छ । त्यसकारण मैले तपाईंहरुसँग भेटेकै बेला एसईई पास गरेका विद्यार्थीसँग भेटेकै बेला, तपाईंहरुसँग खुशी साटिरहेका बेला अब मौका परीक्षा दिने विद्यार्थीलाई खुशी म के साट्न चाहन्छु भने उहाँहरुलाई उत्तीर्ण गराउनका लागि अङ्ग्रेजी, गणित, अप्सनल म्याथ, साइन्स र सोसियोलोजीका क्लासहरू अनलाइनमार्फत सबै विद्यार्थी एसईई दिँदै हुनुहुन्छ । उहाँहरुलाई उपलब्ध गराइनेछ, निःशुल्क । देशभर नै । ताकी उहाँहरुले काठमाडौँबाट गुणस्तरीय शिक्षकहरूबाट अनलाइनमार्फत उहाँहरुलाई शिक्षा दिनुहुनेछ । त्यसका लागि केपी शर्मा ओली फेसबुक पेजमा कन्ट्याक्ट गर्नुहोला । अनलाइन क्लासमा जोडिएर अनलाइन क्लासको लाभ लिन सक्नुहुनेछ ।’

अध्यक्ष ओलीले शिक्षकहरूलाई आवश्यक तालिम दिन नसक्दा गुणस्तरीय शिक्षक पाउन कठिन रहेको भन्दै नलेज ट्रान्सफर गर्न सक्ने क्षमता भएका शिक्षकहरूको आवश्यकता रहेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ