arrow

सप्तकोशीले पार गर्‍यो खतराको संकेत [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
spatakoshi-03-23.jpg

काठमाडौँ । पूर्वी पहाडी क्षेत्रमा भारी वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढ्दै गएपछि सप्तकोशीले खतराको संकेत पार गरेको छ । 

हाल कोशी ब्यारेजका ४६ वटा ढोका खोलिएको छ ।

केहीबेर अघिको मापनमा कोशी ब्यारेजमा ३ लाख ४२ हजार क्युसेक पानी मापन गरिएको र ४६ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । 

सप्तकोशी जल मापन केन्द्रमा जल सतह खतराको संकेत पार गरेका कारण नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ । 

पानी पर्ने क्रम जारी रहेकाले नदीमा पानीको बहाव बढ्ने क्रममा रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । 

नदी आसपासका उदयपुर, सुनसरी र सप्तरी जिल्लाका बासिन्दालाई सुरक्षित रहन भनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ