arrow

कोशीका ५६ वटै ढोका खोलियो, हाइ अलर्ट जारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
koshi-alert.jpg

काठमाडौँ । सप्तकोशीमा पानीको बहावले सीमा नाघेपछि पुगेसँगै हाइ अलर्ट जारी गरिएको छ । आइतबार बिहानदेखि नै सप्तकोशीमा पानीको बहाव बढ्ने क्रम जारी छ । कोशीमा अझै पानीको बहाव बढ्ने अनुमान रहेको र सबै ५६ वटा ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । 

उनले पानीको बहाव तीन लाख ५० हजार भन्दा माथि पुगिसकेपछि भारतीय पक्षसँग कुरा गरेर ५६ वटै ढोका खुला गरिएको बताए । उनले अवस्था सामान्य भए पनि कोशीमा पानी अझै बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाइएको बताए । 

उनले भने, ‘पानीको बहाव बढ्दै गइसकेपछि हामीले तीन लाख ५० हजार भन्दा माथि पानी पुगिसकेपछि भारतीय पक्षसँग पनि कुरा गरेर कुनै पनि जोखिम नहोस् भनेर ५६ वटै ढोका खोलेका छौँ । पानी बढिरहेको अवस्था छ । अझै केही बढ्न सक्छ भन्ने अनुमान छ । काशी नदीको बहाव उच्च सतर्कतामा पुगेको अवस्था छ । हामीले हिजोदेखि नै हाम्रो तटीय भेगमा बस्ने सबै नागरिकलाई सतर्क रहन आग्रह गरेका छौँ । प्रशासन हर तरहले अलर्ट छ । सबैले नियाल्नुपर्ने अवस्था छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ