arrow

संसद्‌मा प्रधानमन्त्रीले प्रतिवेदन पेश गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २४ सोमबार
parliament-house-new-2080-12-16.jpg

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बिहान ११ बजे बस्ने आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले “राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७९-०८०” पेश गर्नेछन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् । 

प्रधानमन्त्री एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री पुष्पकमल दाहालले “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ