- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । आज बिहान ११ बजे बस्ने आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन (२०७९ श्रावण-२०८० पेस गर्नेछन् ।
अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।