arrow

मोरङ र सुनसरीमा भारी वर्षा, १२ बजेसम्म सतर्कता अपनाउन आग्रह

logo
विवेक मिश्र, 
प्रकाशित २०८१ असार २५ मंगलबार
flood-biratnagar-81-3-35.jpg

मोरङ । मोरङ र सुनसरीमा रातिदेखि आएको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

पछिल्लो ३ घण्टा सुनसरीको चतरा, धरान, ईटहरी र मोरङको केराबारी, लेटाङ, शुन्दरहैचा, बेलबारी आसपासमा भारी वर्षा भएको र थप हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

सुनसरीको सेउती, सर्दु, सुनसरी खोला र मोरङको बुढी, केसलिया, लोहन्द्रा, चिसाङ लगायतका खोलामा आकस्मिक बाढी आउन सक्ने विभागले जनाएको छ । मध्यान्ह १२ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ