arrow

कोशीकै लामो र अग्लो  झोलुङ्गे पुलको शिलान्यास, पाँच करोडमा बनाइने 

logo
युवराज रेग्मी,
प्रकाशित २०८१ असार २५ मंगलबार
jhulunegeeee-jhapaaa.jpg

झापा । झापाको  बुद्धशान्ति गाउँपालिका वडा नं. ६ र ७ लाई जोड्ने कोशी प्रदेशकै लामो  र अग्लो झोलुङ्गे पुलको शिलान्यास भएकोछ ।

संघीय सांसद तथा नेपाली का‌ग्रेसका  महामन्त्री विश्वप्रकाश शर्माले टिमाई नदीमाथि बन्ने ४ सय ७६ मिटर लामो उक्त झोलुङ्गे पुल शिलान्यास गरेका हुन्  । 

 पाँच करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने लक्ष्य लिएर सुरु गरिएको  आयोजना नौ महिनाभित्रै २०८२  बैशाखमा पूरा हुने जनाइएको छ ।  कोशी प्रदेशको सबैभन्दा लामो र अग्लो  हुने यो झोलुङ्गे पुल नेपालको तेस्रो लामो झोलुङ्गे पुल हुनेछ ।
     
  यो आयोजना सम्पन्न हुँदा झापाको शान्तिनगर पर्यटकीय हब बन्ने विश्वास जनमानसले लिएका छ्न् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ