arrow

प्रहरीको अर्को सफलता 

डोल्फु गाउँबाट लुटिएका थप बहुमूल्य सामानहरु प्रहरीले गर्‍यो बरामत 

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०८१ असार २६ बुधबार
mugu-robbery-recollect.jpg

मुगु । नेपाल प्रहरीले मुगुस्थित डोल्फु गाउँबाट लुटिएका थप बहुमूल्य सामानहरु बरामत गरेको छ । गत जेठ १२ गते लुटेरा समूहले अत्याधुनिक हतिहार देखाइ डोल्फु गाउँका २४ घरहरु र १ सार्वजनिक गुम्बाबाट नगद, सुन, चाँदी, मूर्ति, बहुमूल्य सरसामान, गहना र यार्सागुम्बा लुटेर लगेका थिए ।

लुटेर समूहमा संग्लग्न ८ जनामध्ये नेपाल प्रहरीले ३ जनालाई एक महिनापछि पक्राउ गरी उनीहरुबाट बरामत हतियार, बहुमूल्य सामानसहित आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । 

प्रहरीले बरामद गरेका हातहतियारमा कटुवा पेस्तोल १ थान, एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्व्याक ड्रेस, १ वटा ट्रेकिङ झोला  र १ वटा सल रहेका थिए  ।

यस्तै पक्राउ परेकाहरुबाट प्रहरीले सुनको रिङ्ग २ थान, सुनकै माडुली २ थान (बिक्री गरेर पश्चात जुम्ला प्रहरीमार्फत बरामत) पनि बरामत गरेको थियो ।

 जुम्ला जिल्ला  गुठिचौर गाउँपालिकाका वडा नं ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठेगानाका पूर्णप्रसाद भण्डारी र  वडा नं ४ का कमल थापालाई घटनामा प्रत्यक्ष संलग्नता रहेको प्रहरीले बताएको थियो ।

नेपाल प्रहरीका अनुसार विगत तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लाका पाटनहरुमा पुगी यो समूहले यार्सा संकलक तथा व्यापारीहरुबाटसमेत यार्सागुम्बा लुट्दै आएको थियो  ।

डोल्फु गाउँमा लुट्न संलग्न अन्य ५ जनामध्ये फरार रहेका जुम्ला गुठिचौर गाउँपालिका ३ बस्ने धनप्रसाद भण्डारीलाई खोज तलास गर्ने क्रममा भण्डारीकै घरमा लुकाइ छिपाइ राखेको अवस्थामा लुटिएका  थप बहुमूल्य सामानहरु २४ गते नेपाल प्रहरी जुम्ला र मुगुको संयुक्त टोलीले बरामत गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले बताए । 

प्रनाउ थापाका अनुसार संयुक्त प्रहरी टोलीले चाँदिका सिक्काको माला २ वटा (१०९ सिक्का), चाँदीको पैसा सिक्का ७० वटा, चाँदीका सिक्काको औँठी ४ वटा, माला मोती दाना ३५ वटा, पहेँलो मुगा दाना ३० वटा, हरियो मुगा दाना ५८ वटा बरामत गरेको छ ।

यस्तै सुनको ढुंग्रो १ दशमलव ९५७ तोला, सुनको तीन टुक्रा रिङ्ग ० दशमलव ४९५ तोला, सुनको चेन टुक्रा ० दशमलव ५१६ तोला, चाँदीको हुक्काको टुक्रा  ३ तोला, चाँदी र तामाको हुक्काको टुक्रा १ तोला,चादिको लकेट माला ५ थान,चादिको टुक्रा ६ दशमलव ९७ तोला,सानो खाले रातो मुगा ३२ दशमलव ९१० तोला,तामा तारको टुक्रा ० दशमलव १९९ तोला र ढुङ्गा जस्तो टुक्रा ० दशमलव ४०० तोला पनि प्रहरीले बरामत गरेको बताएको छ ।

लुटेरा समुहले डोल्फु गाउका २४ वटा घर १ गुम्बाबाट सुन ३५ तोला, चाँदी ९९४ दशमलव ५ तोला, बुद्धको मूर्ति, रिणिमोक्क्ष माइको मूर्ति, मुगाको माला ९५ तोला, यार्सा, मोबाइल र ५० लाख २५ हजार नगद लुटेर लिएको स्थानीयहरुले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएकाले अझै धेरै बहुमूल्य सामान, नगद र यार्सागुम्बा भेटाउन सकिएको छैन । 

लुटिएका बाँकी बहुमूल्य सामान र यार्सागुम्बा र फरार व्यक्तिहरुको खोजीका लागि प्रहरीले सबैतिर आफ्ना संयन्त्रहरु परिचालन गरिएको र छिट्टै फरार व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिने प्रनाउ विरेन्द्र थापाले विश्वास व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ