arrow

मन्त्रालयको भागबण्डा

बराबरको हैसियतमा कांग्रेस र एमालेलाई मन्त्रालय - ओली [भिडियो] 

सरकारमा सहभागी दल अनुसार मन्त्रालयको भागबण्डा टुङ्ग्याइने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
kp-oli-03-26.jpg

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबीच बन्ने नयाँ सरकाको मन्त्रालयको बाँडफाँड भई नसकेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच कुनै पनि मन्त्रालयको भागबण्डा नभइएको भन्दै को—को सरकारमा सहभागी बन्छन्, सोही अनुसार मन्त्रालयको भागबण्डा टुङ्ग्याउने बताए ।

पहिलो चरणमा अध्यक्ष ओली र सहमति अनुसार त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । पहिलो चरणमा ओलीले सरकारको नेतृत्व गर्ने भए पनि मन्त्रालय भागबण्डाको विषय भने टुङ्गोमा पुगी सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी असार २८ गते विश्वासको मत लिँदै छन् । सोही दिन बेलुकासम्म मन्त्रालयको भागबण्डा टुङ्गो लगाउने गरी कांग्रेस एमाले सहितका दलहरू छलफलमा छन् । 

ओलीले कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने बताए । उनले सरकारमा सहभागी बन्ने राजनीतिक दलहरूलाई पनि समेटेर जाने गरी छलफल भइरहेको बताए । उनले सामान्यतः स्ट्रेन्थको आधारमा पार्टीहरूलाई स्थान निर्धारण गर्ने बताए । 

उनले भने, ‘मन्त्रालयको बाँडफाँड पनि भइसकेको छैन । यो मन्त्रालय यो पार्टीले, यो पार्टीले यो मन्त्रालय । कोको सरकारमा सामेल हुने भन्ने कुरा साधारणतया हैसियतको आधारमा, कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा व्यवहार गर्दछन् । सामान्यतः स्ट्रेन्थको आधारमा पनि पार्टीहरूलाई स्थान निर्धारण गर्ने कुरा हुन्छ । त्यस कुरामा पनि ध्यान दिइरहेका छौँ । ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ