arrow

रविले झुठो बोलेको भन्दै हकारे ज्ञानेन्द्र शाहीले

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
gyanendra-shahi-81-3-28.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले झुठ बोलेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हकारेका छन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले काम गर्न नसके काम गर्न सकिन भन्नु तर गलत भाष्य प्रयोग गरेर झुठ नबोल्न भने । 

उनले सहकारी प्रकरणमा मुछिएका आफ्नै साथी जीबी राईलाई पक्राउ गर्न नसकेको भन्दै रविलाई काम गर्न नसक्ने अनि अर्कालाई दोष दिने ? भन्दै प्रश्न गरे । 

उनले सुनकाण्डका दोषी पक्रन नसक्नेले भ्रष्टाचारका ठूला फाइल खोल्ने थाहा पाएर सरकार ढालिएको भनेर लामिछानेले गलत भाष्य प्रयोग गरेको भन्दै झुठ बोलेर गल्ती नछोपिने बताए । 

उनले गृहमन्त्रीले निर्मला पन्तका बलात्कारी र हत्यारालाईसमेत पक्राउ गर्न नसकेकाे बताए । 

शाहीले रवि लामिछानेले भाषणमात्र मिठो गर्ने तर काम भने गर्न नसकेको आरोप लगाए । 

उनले आफू अभियन्ताबाट राजनीतिमा आएको र लामिछाने टेलिभिजन कार्यक्रम चलाउँदा चलाउँदै राजनीतिमा आएको भन्दै राजनीतिमा जो पनि आउन सक्ने तर झुठ बोल्दा यसले राजनीति धमिलिने बताएर यसो नगर्नसमेत सुझाव दिए । 

उनले लामिछानेले संसदमा सुशासनको कुरा गरेर झुटो बोलेकोसमेत आरोप लगाए ।

शाहीले कसैलाई पक्रेर थुन्न नसकेको भन्दै आफूले काम गर्न नसकेकोको स्वीकार गर्न आग्रह गरेका थिए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ