arrow

राष्ट्रपतिले दिएको समय सकिएपछि मात्रै केपी ओली प्रधानमन्त्रीमा नियुक्त हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३० आइतबार
kp-sharma-oli-81-01-03.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी पेश गर्न दुई वा दुईभन्दा बढी दललाई आह्वान गरेका थिए । 

उक्त अवधि आज साँझ ५ बजे सकिँदै छ । राष्ट्रपति पौडेलले आज साँझ ५ बजेपछि प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गर्ने समय सकिएपछि अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । प्रधानमन्त्री नियुक्ति आज भए पनि शपथग्रहण भने सोमबार मात्रै हुने बताइएको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने, ‘राष्ट्रपतिज्यूले सरकार गठनका लागि दिइएको समयसीमा सकिएपछि मात्र नियुक्ति र शपथ ग्रहणको प्रक्रिया शुरु हुन्छ ।’

उनको भनाइले पनि प्रक्रिया ढिला गरी शुरु हुने भएसँगै नियुक्त गर्नासाथ शपथको कार्यक्रम नहुने भएकाले सोमबार नै गर्न लागिएको हो । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभाका १६६ सदस्यको समर्थन भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलसमक्ष शुक्रबार राति नै प्रधानमन्त्री पदमा दाबी पेस गरेका थिए । 

अहिले कांग्रेस-एमाले सरकारमा जाने मन्त्री चयनमा व्यस्त रहेका छन् । कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने लगभग निश्चित रहेको छ । त्यस्तै रमेश लेखक, आरजू राणा देउवालगायत मन्त्री बन्ने निश्चित जस्तै छ । 

एमालेबाट विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चा रहेको छ । यद्यपि अहिलेसम्म एमाले र कांग्रेसले मन्त्री बन्नेहरुको नाम फाइनल गरिसकेका छैनन् ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ