arrow

कोशी प्रदेशलाई खेलकुदको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्नेछौँ : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३० आइतबार
hikmatkumar-karki-cm-koshi-.jpg
फाइल तस्बिर

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई खेलकुदको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्ने बताएका छन् । 

प्रदेश खेलकुद विकास बोर्डद्वारा आज विराटनगरमा आयोजित अन्तरप्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई सम्मान कार्यक्रममा उनले त्यस्तो बताएका हुन् । कार्यक्रममा दुई सयजनालाई नगदसहित सम्मान गरिएको थियो । 

मुख्यमन्त्री कार्कीले आगामी खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर ३ वर्षभित्र प्रदेशलाई पूर्वाधार निर्माण, प्रशिक्षणका लागि आवश्यक व्यवस्था गरिने भदै यस कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले चाँडै प्रदेश खेलकुद परिषद् निर्माण गरी खेलकुदको समग्र विकासका प्रयास अगाडि बढ्ने जानकारी दिए । 

प्रदेशमा खेलकुदका संरचना निर्माणका क्रममा झापामा आदिवासी रङ्शाला निर्माणसम्पन्न गरी अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने उनको भनाइ छ । 

“खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ । त्यसैले विभिन्न जिल्लामा पूर्वाधार निर्माण र खेलाडीको प्रोत्साहनका लागि आवश्यक काम अगाडि बढाइएका छन् । झापामा रङ्गशाला बन्दैछ, सङ्घीय सरकारको मातहतमा विराटनगरको बैजनाथपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्शालालाई प्रदेशमा ल्याउन पहिल सुरु गरेका छौँ । यस क्षेत्रमा इन्डोर खेलकुद प्रतियोगिता आयोजना गर्न विराटनगर आसपासमा आवश्यक संरचना निर्माण गरिनेछ”, मुख्यमन्त्री कार्कीले भने । 

प्रदेश खेलकुद विकास बोर्डका सदस्य-सचिव कृष्ण बस्नेत (पर्शुराम)ले खेलाडीको हौसला र उत्साहका लागि सम्मान कार्यक्रम आयोजना गरिएको बताए । त्यस अवसरमा खेलकुद क्षेत्रमा कलम चलाउने प्रदेशका सातजना सञ्चारकर्मीलाई समेत नगदसहित सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ