arrow

प्रतिनिधि सभा बैठकको समय सर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
parliament-house-new-2080-12-16.jpg

काठमाडौँ । प्रतिनिधि सभाको सोमबार दिउँसो १ बजेका लागि निर्धारित बैठक सोही दिन अपराह्न ४ बजेका लागि सरेको छ । 

सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्न नसक्ने भएकाले अपराह्न ४ बजे बस्नेगरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले सूचनामार्फत जानकारी गराएको छ । 

यसैगरी, राष्ट्रिय सभाको सोमबार बिहान ११ः३० बजेका लागि निर्धारण गरिएको बैठक सोही दिन अपराह्न ३ः१५ बजे बस्नेगरी समय परिवर्तन गरिएको सङ्घीय सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा जनाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ