arrow

नवनियुक्त प्रधानमन्त्री ओलीले शपथ लिँदै, आजै मन्त्रिपरिषद् विस्तार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
kp-oli-2079-11-02.jpg

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार भएपछि नव नियुक्त मन्त्रीहरुको पनि पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम रहेको छ ।
राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । 

प्रतिनिधि सभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीचको यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । 

राष्ट्रपति पौडेलले शुक्रबार प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मका लागि दिएका थिए । 

नेपाली कांग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानून, न्याय तथा संसदीय व्यवस्था, कृषि र वन मन्त्रालय पाउने भएको छ ।

त्यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ । 

प्रधानमन्त्रीबाहेक एमालेलाई आठ मन्त्रालय र कांग्रेसलाई आठ मन्त्रालय दिइएको छ ।बाँकी पाँच मन्त्रालय अन्य साना दललाई राखिएको छ । मन्त्री छान्न अन्तिम परामर्शमा दुवै दल रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ