arrow

शपथ समारोहबाट सिधै लैनचौर पुगे ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
oli-lainchaur.jpg

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदको शालिकमा माल्यार्पण गरेका छन् ।

सोमबार पद तथा गोपनीयताको शपथग्रहणसँगै लैनचौर पुगेका उनले शहीदको शालिकमा माल्यार्पण गरेका हुन् । प्रधानमन्त्री ओली शीतल निवासमा आयोजित शपथ समारोहबाट सिधै लैनचौर गएका थिए । 

प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले पनि शहीद स्मारक पुगेर शहीदको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेका थिए। नवनियुक्त मन्त्रीहरूले आज नै पदभार सम्हालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ