arrow

मन्त्रीहरूलाई प्रम ओलीको यस्तो निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १ मंगलबार
kp-oli-balwatar.jpg

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्र जनताले अनभुति हुने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । सोमबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्देशन दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन् । 

त्यसैगरी प्रधानमन्त्री ओलीले ६ महिनाभित्र जनतालाई सरकारले आश्वस्त पार्ने र परिणाम आउने गरी काम गर्न मन्त्रीलाई सचेत गराएका थिए । ६ महिनाभित्र जनतालाई ढुक्क हुने स्थिति बनाउने र एक वर्ष भित्र इन्डिकेटरको हिसाबले पनि देखिने गरी परिणाममुखि काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएको पनि प्रवक्ता गुरुङले बताए । 

उनले विकास, निर्माणको काम, उत्पादन वृद्धिको काममा आपसी समन्वय गरेर अघि बढ्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन गर्नुभएको थियो । सरकारलाई असफल हुने छुट नभएकाले त्यो अनुसार आपसी समन्वय गरेर काम गर्न मन्त्रीलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको प्रवक्ता गुरुङको भनाई थियो ।

उनले भने, ‘प्रधानमन्त्रीज्युले मन्त्रीहरूलाई केही महत्त्वपूर्ण निर्देशनहरू दिनुभएको छ । अहिलेसम्म हाम्रो के छ भने कामका एउटा मन्त्रालय र अर्को मन्त्रालयको बीचमा समन्वय नै नहुने । भौतिक पूर्वाधार मन्त्रालयले सडक बनाउँछ । खानेपानी आएर ब्वाङ्ग भत्काएर पानीको पाइप लैजान्छ । अनि त्यसले त्यो त्यत्तिकै छोडिदिन्छ । खानेपानी मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीच समन्वय छैन । कहिले कहिले केबुल बिछ्याउने नाममा सञ्चार मन्त्रालयले सबै भत्काउँछ । त्यो काम त्यत्तिकै असरल्ल बनाएर छोड्छ । यो चाहिँ मन्त्रालयहरुबीच समन्वय नभएर यो समस्या भएको हो । त्यसकारण मन्त्रालयहरुबीचको कामको समन्वय हुनु पर्‍यो । यस्ता देखिने सानातिना सबै समस्या समाधान हुनुपर्‍यो भन्ने निर्देशन दिनुभएको छ । दोस्रो चाहिँ यो क्याबिनेटको विभिन्न मन्त्रालयको जिम्मेवारी लिनुभएका क्याबिनेट मिनिष्टरहरुले माननीय मन्त्रीज्युहरुले एक महिना भित्र केही न केही फरक चाहिँ देखाउनु पर्‍यो आफ्नो मन्त्रालयको काम । ६ महिना भित्र यो क्याबिनेटले यो सरकारले काम गर्ने भयो भनेर जनतालाई ढुक्क हुने स्थिति बनाउने । एक वर्ष भित्र इन्किेटरको हिसाबले पनि देखिने गरी परिवर्तन आउनुपर्‍यो । परिणाममुखि देखिनु पर्‍यो भनेर निर्देशन दिनु भएको छ । यस्तो काममा तपाईँहरू सबै कोअर्डिनेट भएर काम गर्नुस् । हामीलाई अहिले असफल हुने, दायाँबायाँ हुने छुट छैन । त्यसकारणले राष्ट्रिय स्वाधीनताका लागि या मुलुकको स्वतन्त्रताको लागि, त्यसलाई बलियो बनाउनका लागि र यो उत्पादन र उत्पादकत्व बढाउनका लागि विभिन्न उत्पादनसँग जोडिएका मन्त्रालयहरूको बीचमा कृषि होला, भौतिक पूर्वाधार होला । पर्यटन वा अरू मन्त्रालय । यसको बीचमा पनि समन्वय हुनुपर्‍यो । निर्माणको काम गर्ने मन्त्रालयबीच पनि समन्वय हुनु पर्‍यो । यो सबै काम कोअर्डिनेट रूपमा अगाडि बढाएर एउटा परिणाममुखी नतिजा निकाल्ने काम मन्त्रीहरू लाग्नुपर्छ भनेर उनले निर्देशन दिनुभएको छ ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ