arrow

प्रधानमन्त्री ओलीलाई पाकिस्तानी समकक्षीको शुभकामना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १ मंगलबार
kp-sharma-oli-pm-81-4-1.jpg

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेकामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गर्दै पाकिस्तान–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउन उहाँसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू उत्सुक रहेको बताएका छन् ।

यहाँस्थित पाकिस्तानी राजदूतावासका अनुसार प्रधानमन्त्री ओलीको कार्यकालमा द्विपक्षीय सहयोगका साथै क्षेत्रीय सहयोग अभिवृद्धिमा योगदान पुग्ने विश्वास प्रधानमन्त्री शहबाजले व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ