arrow

प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट बधाई दिन केपी ओलीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २ बुधबार
kp-sharma-oli-3rd-term-81-3.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई डिजिटल माध्यमबाट बधाई तथा शुभकामना दिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिनेको भीड बढेपछि उनले सामाजिक सञ्जालमाफर्त डिजिटल माध्यमबाट शुभकामना दिन आग्रह गरेका हुन् ।

उनले सकेसम्म म्यासेन्जरबाट शुभकामना सन्देश पठाउन र भेटमा खादा मालाको प्रयोग नगर्न आग्रह गरेका छन् । यसअघि शिलान्यास र उद्घाटनमा समय व्यतित गरेका ओलीले यसपालि यस्ता काममा कम समय खर्चेको राम्रो भनी सुझाव पनि आउने गरेको छ । 

उनले भनेका छन्, ‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म  म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा र माला प्रयोग नगर्न अनुरोध गर्छु ।'

ओलीले गत सोमबार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ