arrow

सप्तकोशीको पानी घटेपछि यसरी हुँदैछ नहर मर्मत

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७३ मंसिर २१ मंगलबार
koshi-FNL-aa.jpeg

विराटनगर । सुनसरी मोरङ सिचाई योजनाले नहर मर्मतसँगै सप्तकोशी नदीको पानीको सतह घटेपछि नयाँ इन्टेकको मुखमा पानी सहज रुपले लैजान चेनलाईज गर्ने काम समे शुरु गरेको छ ।

सुनसरीको चतरास्थित कोशी नदी मुहान पश्चिमतर्फ बग्न थालेपछि  इन्टेकमा पानी पुग्न सकेको छैन । चतरामा नयाँ पुल निमार्णसँगै सप्तकोशीले धार परिवर्तन गरेपछि योजनाले प्रतेक वर्ष कोशीमा च्यानललाईज गर्ने काम गर्दै आएको छ ।

कोशीको धार परिवर्तनँगै पानीको सतह समेत घटेपछि इन्टेकको मुखमा पानी लैजान चेनलाइज गर्न थालेको योजना प्रमुख तारा पौडेलले बताए ।

उक्त सिंचाई आयोजनाले मोरङ र सुुनसरी जिल्लाको ६३ हजार हेक्टर जमिन सिंचित हुँदै आएको छ । अहिलेको समय धान काटने समय भएको र गहुँका लागि अझै २०, २२ दिनसम्म पानीको आवश्यकता नपरेकाले कृषकहरुको सल्लाह अनुसार नहरमा पानी रोकेर चेनलाईजसंगै नहरमर्मत गर्ने काम भइरहेको योजना प्रमुख पौडेलको भनाई छ । इन्टेकदेखि १ किलोमिटर उत्तरसम्म चेनलाईज गर्नेकाम तीव्र रुपमा भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ