arrow

प्रचण्ड सरकार हुँदा जनता २०४६ पछिकै बढी निराश भए : प्रधानमन्त्री ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
kp-oli-pm-parliament-speech-2081.jpg

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको समयमा जनताले २०४६ सालपछिकै निराशा महसुस गरेको बताएका छन्। प्रतिनिधिसभामा विश्वासको प्रस्ताव राख्दै ओलीले यस्तो अवस्था देखिएको बताएका हुन्।

उनले अर्थतन्त्र डामाडोल अवस्था रहेको, आयात निर्यात खस्किएको, १४ खर्ब २२ अर्ब रुपैयाँ राजश्व लक्ष्यमा ७६ प्रतिशत मात्रै प्राप्त भएको, बैङ्कमा तरलता थुप्रिएको, व्यवसायीले ऋण लिन सक्ने अवस्था नरहेको, व्यवसायीले त्रासको महसुस गरेको तथा स्टन्टबाज र पहिले थुन्ने अनि सुन्ने काम भएको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले आगामी सरकारको ५ प्राथमिकता रहने समेत बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ