कांग्रेस-एमालेले पटक पटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय समात्न सकेन : प्रधानमन्त्री ओली
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
1.7k
Shares
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र काँग्रेसजस्ता बलिया पार्टीले पटक पटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय नसमातेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले यस अघि काँग्रेस र एमालेले पटक पटक काँध थापे पनि सरकारले लय समाप्त नसकेपछि यो सरकार गठन भएको बताएका हुन्।
उनले काङ्ग्रेस-एमाले पटक पटक मिलेर देशलाई परिणाम समेत दिएको बताउँदै अहिले पनि अप्ठ्यारो समयमा एक ठाउँमा आएको बताए।