arrow

वर्तमान सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण शेयर बजारले दियो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
kp-oli-04-06-02.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण शेयर बजार भएको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रको ऐना मानिने शेयर बजारमा हरियाली छाएको बताए । 

उनले ५० लाख बढी शेयर लगानीकर्ता संलग्न भएको शेयर बजार पछिल्लो दुई सातामा ४ सय अङ्कले बढेको बताए । उनले नेप्से २७ महिना यताकै उच्च भएको बताए । उनले अब शेयर बजार मात्रै नभएर देशको पूरै बजार चलायमान हुने विश्वास व्यक्त गरे । उनले सिङ्गो देशलाई चलायमान बनाउने विश्वास वर्तमान सरकारसँग रहेको बताए ।

उनले भने,‘अर्थतन्त्रको ऐना मानिने शेयर बजारमा हरियाली छाएको छ । ५० लाख बढी शेयर लगानीकर्ता संलग्न भएको शेयर बजार पछिल्लो दुई सातामा ४ सय अङ्कले बढेको छ । नेप्से २७ महिना यताकै उच्च भएको छ । हाम्रो सरकार प्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण यो हो । अब शेयर बजार मात्रै होइन । देशको पूरै बजार चलायमान हुनेछ । सिङ्गो देशलाई चलायमान बनाउने विश्वास हामीसँग छ । हामीले लामो अनुभव बटुलेका छौं । २०७२ को महाभूकम्प पुनः निर्माण गरेको अनुभव छ ।’ 

उनले सिङ्गो देशलाई चलायमान बनाउने विश्वास वर्तमान सरकारसँग रहेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ