arrow

परार बनेको पार्टीले संविधानको चिन्ता लिनुपर्दैन – ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
kp-oli-81-4-6u.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई संविधानको चिन्ता नगर्न आग्रह गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा आफूले राखेको विश्वासको मतसम्बन्धीको प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले माधव नेपालप्रति संकेत गर्दै परार बनेको पार्टीले संविधानको चिन्ता नगर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘परार बनेको पार्टीले संविधानको चिन्ता लिनुपर्दैन । हामीले लिन्छौँ । संविधान र लोकतन्त्रको जिम्मा हामीलाई छाडिदिनुस् ।

यसअघि संसदमा बोल्दै  एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीबाट संविधान खतरा रहेको टिप्पणी गरेका थिए ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ