परार बनेको पार्टीले संविधानको चिन्ता लिनुपर्दैन – ओली
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
2.1k
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई संविधानको चिन्ता नगर्न आग्रह गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा आफूले राखेको विश्वासको मतसम्बन्धीको प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले माधव नेपालप्रति संकेत गर्दै परार बनेको पार्टीले संविधानको चिन्ता नगर्न आग्रह गरेका हुन् ।
उनले भने, ‘परार बनेको पार्टीले संविधानको चिन्ता लिनुपर्दैन । हामीले लिन्छौँ । संविधान र लोकतन्त्रको जिम्मा हामीलाई छाडिदिनुस् ।
यसअघि संसदमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीबाट संविधान खतरा रहेको टिप्पणी गरेका थिए ।