arrow

विश्वासको मत पाएपछि प्रम ओलीले सामाजिक सञ्जालमा के लेखे ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
kp-oli-vote-of-confidence-8.jpg

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पदको उचित सदुपयोग गर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमा सबैलाई धन्यवाद दिँदै उनले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म पदको सदुपयोग गर्ने प्रतिबद्धता जनाए ।

‘‘संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको छ, यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्नेछु, प्रतिनिधिसभाका सबै माननीय सदस्यज्यूहरूलाई धन्यवाद”, उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा एक सय ८८ मत परेको थियो भने विपक्षमा ७४ मत परेको थियो । साथै एक सदस्य तटस्थ रहेका थिए । एमाले अध्यक्ष ओली गत असार २८ गते  प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ