arrow

एक हजार घर बनाउन सांस्कृतिक कार्यक्रम

logo
प्रकाशित २०७२ पुष २ बिहिबार
HImal.jpg.jpeg
साउदी अरब । भूकम्पपीडितका लागि एक हजार घर निर्माणार्थ गैरआवासीय नेपाली सङ्घ ओमानले मस्कटमा नयाँ वर्षमा विशेष साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।  

नयांँ वर्ष–२०१६ को अवसर पारेर सङ्घले ‘नयाँ वर्ष विशेष सांस्कृतिक कार्यक्रम’ गर्न लागेको हो । भूकम्पबाट घरबारविहीन भएकाहरुका लागि सांस्कृतिक कार्यक्रममार्फत अर्थ सङ्कलन गरेर घर निर्माणमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको सङ्घका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । 

एनआरएनएले थालनी गरेको ‘एक हजार घर निर्माण’ अभियानलाई सफल पार्न आयोजना गरिएको सो कार्यक्रममा गायक हिमाल सागर, हास्य कलाकार शेरबहादुर गुरुङ, नृत्याङ्गना पूर्णिमा श्रेष्ठलगायतका कलाकार ओमान आउने बताइएको छ । ओमानको राजधानी मस्कटमा हुने कार्यक्रमको तयारी तीव्र पारिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ