arrow

प्रतिनिधि सभामा आज प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
kp-sharma-oli-4-6-y.jpg

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुसँग प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ । हिजोमात्रै ओलीले विश्वासको मत लिएका थिए । 

उनले हिजो विश्वासको मत दिन आग्रह गर्ने क्रममा सोधिएका प्रश्नको जवाफ दिने क्रममै आजको बैठकमा फेरि जवाफ दिनैपर्ने भएकाले नदोहोर्याउने बताएका थिए । 

प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्ने भनाइलाई प्रमाणित गर्नुपर्ने चुनौती छ । किनकि उनको दोस्रो कार्यकालमा भ्रष्टाचारमा शून्य सहनशीलता नारा रहेकामा त्यो सरकार अहिलेसम्मकै भ्रष्ट भनी ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टमा उल्लेख थियो । 

आजको बैठकमा कानून मन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ