arrow

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीसँग सांसदको प्रश्नोत्तर [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सांसदहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिँदैछन् । प्रतिनिधि सभाको  आजको बैठक चलरिहँदा प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओली सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै छन् । 

उक्त परिच्छेदमा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको पहिलो घण्टा निर्धारण गर्ने व्यवस्था रहेको छ ।

गत असार ३० गते चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री ओलीको सांसदसँग यो पहिलो प्रश्नोत्तर हो । प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभाबाट दुईतिहाइ समर्थनसहित विश्वासको मत प्राप्त गरेका थिए । 

उनले हिजो विश्वासको मत दिन आग्रह गर्ने क्रममा सोधिएका प्रश्नको जवाफ दिने क्रममै आजको बैठकमा फेरि जवाफ दिनैपर्ने भएकाले नदोहोर्याउने बताएका थिए । 

प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्ने भनाइलाई प्रमाणित गर्नुपर्ने चुनौती छ । किनकि उनको दोस्रो कार्यकालमा भ्रष्टाचारमा शून्य सहनशीलता नारा रहेकामा त्यो सरकार अहिलेसम्मकै भ्रष्ट भनी ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टमा उल्लेख थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ