arrow

भ्रष्टाचार लुकाउन अरुलाई भ्रष्टाचार नथोपर्न केपी ओलीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
kp-sharma-oli-81-4-7a.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सही कुरा बोल्न सांसदहरुलाई आग्रह गरेका छन् । उनले राजनीति फरक हुँदैमा झुटको सहारा नलिन सबैलाई आग्रह गरेका हुन् । 

प्रतिनिधि सभाको बैठकमा सांसदसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले आफूले बोलेका कुराहरुलाई बङ्ग्याएर सांसदहरुलाई आग्रह गरेका हुन् । 

उनले बिजुलीको विषयमा उद्योगीहरुमाथि थोपरिएको सेटिङ र तन्त्रका पछाडि आफू नकुँद्ने पनि बताएका छन् । 

उनले विद्युत महसुस असुल गर्नुपर्दैन भनेर सांसदहरुले गलत अफबाह फैलाएको बताए । उनले सांसदहरुले आफ्नो गरिमा राख्नुपर्ने बताए । 

उनले आफ्नो भ्रष्टाचारको छानबिन रोक्न अर्काले भ्रष्टाचार गरेको भनेर झुटा लान्छना नलगाउनसमेत आग्रह गरे । 

रास्वपाका सांसदहरुले आफ्ना पार्टीका नेताहरुको भ्रष्टाचार लुकाउन अरुलाई भ्रष्टाचार थोपर्न खोजेको संकेत गरे । 

आइतबार मात्रै उपसभामुखको छानबिन गर्नुपर्ने आवाज उठेपछि रास्वपाका सांसदले विषय मोडेर अन्य विषयमा पनि छानबिन हुनुपर्ने बताएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ