arrow

एक वर्षमा १५ खर्ब ९२ अर्बको आयात, १३४ देशसँगको व्यापार घाटामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
department-of-customs-भन्सार विभाग.jpg

काठमाडौँ । एक वर्षमा १५ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असार महिनासम्म नेपाली भन्सार विन्दुबाट सो बराबरको सामान जाँचपास भएको भन्सार विभागको तथ्यांक छ । 

यो आयात अघिल्लो वर्षको तुलनामा १.१६ प्रतिशत कम हो । अघिल्लो वर्षको सोही अवधिमा १६ खर्ब ११ अर्ब रुपैयाँ बराबरको मालवस्तु आयात भएका  थिए । 

यस्तै यो अवधिमा १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको मालसामान निर्यात भएका छन् । यो करिब ३.०३ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको थियो । 

आयात र निर्यातको आधारमा यो अवधिमा १४ खर्ब ४० अर्ब रुपैयाँ बराबरको व्यापार घाटा रहेको देखिएको छ । आयातको मुख्य अंश रहेको व्यापार घाटामा समेत यो अवधिमा ०.९६ प्रतिशतले घटेको देखिएको छ । 

के के भयो आयात ?
यो अवधिमा पेट्रोलियम पदार्थको मात्रै २ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । त्यस्तै १ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको डिजेल, ६८ अर्ब १० करोड रुपैयाँ बराबरको पेट्रोल, ५५ अर्ब ६१ करोड रुपैयाँ बराबरको हवाइ इन्धन र २० अर्ब ७८ करोड रुपैयाँ बराबरको हवाई इन्धन रहेका छन् । 

त्यस्तै, स्पञ्ज आइरन ३९ अर्ब ३ करोड तथा बिलेट ३४ अर्ब ५७ करोड रुपैयाँ बराबरको आयात भएको छ । यो अवधिमा स्पञ्ज आइरन ८१ करोड किलो र बिलेट ४० करोड किलोग्राम बराबरको आयात भएको विभागको तथ्यांक छ । यो अवधिमा १० अर्ब ३४ करोड रुपैयाँ बराबरको फलामे डन्डी आयात भएको छ । 

यो अर्बमा २९ अर्ब ४८ करोड रुपैयाँ बराबरको इलेक्ट्रिक गाडी आयात भएको छ । १९ अर्ब ६७ करोड रुपैयाँ बराबरको ५१ देखि १०० किलोवाट सम्मका ६८८५ वटा, ८ अर्ब ६० करोड ५० किलोवाटसम्मका ४५७१ वटा, १ अर्ब रुपैयाँ बराबरको १०० देखि २०० किलोवाटसम्मका २१७ वटा, १९ करोड रुपैयाँ बराबरका २०० देखि ३०० किलोवाटसम्मको २७ वटा र १ करोड २७ लाख रुपैयाँ बराबरको ३०० किलोवाट भन्दा माथिको १ वटा सवारीको आयात भएको छ । 

त्यस्तै, १८ अर्ब ५७ करोड रुपैयाँ बराबरको डीएपी तथा १५ अर्ब ७० करोड रुपैयाँ बराबरको युरिया मल आयात भएको छ । त्यस्तै, १७ अर्ब ८३ करोड सनफ्लावर तेल, १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको भटमास पिना, १३ अर्ब ४१ करोड रुपैयाँ बराबरको सोयाबिन तेल ताथ ५ अर्ब ९९ करोड बराबरको सोयाबिन आयात भएको छ । 

त्यस्तै, यो अवधिमा २८ अर्ब ६६ करोड रुपैयाँ बराबरको १८ लाख ३९ हजार वटा मोबाइल आयात भएको छ । यो प्रतिमोबाइल औसत १५ हजार रुपैयाँ बराबर हो । त्यस्तै, यो अवधिमा ७ अर्ब ५० अर्ब रुपैयाँ बराबरको मोबाइल तथा नोटबुक आयात भएका छन् । 

त्यस्तै, यो अवधिमा २७ अर्ब ४६ करोड रुपैयाँ बराबरको औषधि, २३ अर्ब ६५ करोड रुपैयाँ बराबरको सुन तथा २२ अर्ब ८९ करोड रुपैयाँ बराबरका कोइला आयात भएका छन् । यो वर्षमा १२ अर्ब रुपैयाँ धान आयात भएको छ । त्यस्तै, १० अर्ब ७५ करोड बराबरको सस्र्यु, १० अर्ब ६७ करोडको पाम तेल आयात भएको छ । 

त्यस्तै, यो अवधिमा ९ अर्ब ९१ करोड रुपैयाँ बराबरको ८ अर्ब ७७ करोड रुपैयाँ बराबरको कोकाकोला लगायत सफ्ट ड्रिङ्क्स आयात भएका छन् । 

के के छन् मुख्यमुख्य निर्यात ? 

यो अवधिमा सबैभन्दा धेरै १० अर्ब ५७ करोड रुपैयाँ बराबरको कार्पेट, ७ अर्ब ९३ करोड रुपैयाँ बराबरको अलैँची, ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको फलाम, ६ अर्ब २३ बरोड रुपैयाँ बराबरको जुस मिक्चर, ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको तयारी पाम आयल निर्यात भएका छन् ।

त्यस्तै, यो अवधिमा ३ अर्ब ३४ करोड रुपैयाँ बराबराको, १ अर्ब ८८ करोड रुपैयाँ बराबरको सिमेन्ट क्लिङ्कर समेत निर्यात भएको छ । 

१३४ देशसँग व्यापार घाटा

यो अवधिमा भएको कुल आयातमध्ये भारतबाट ९ खर्ब ९६ अर्ब, चीनबाट २ अर्ब ९८ अर्ब, युएईबाट २९ अर्ब, अमेरिकाबाट १९ अर्ब, युक्रेनबाट १८ अर्ब, मलेसियाबाट १७ अर्ब ९१ करोड, अष्ट्रेलियाबाट १५ अर्ब ३९ करोड रुपैयाँ बराबरको मालवस्तु आयात भएका छन् । 

उता निर्यातमध्ये सबैभन्दा धेरै भारतमा १ खर्ब ३ अर्ब, यूएईमा १७ अर्ब ३१ करोड, जर्मनीमा ४ अर्ब ४५ करोड, बेलायतमा ३ अर्ब ८ करोड तथा चीनमा २ अर्ब ५८ करोडको मालसामान आयात भएका छन् । 

यो अवधिमा १७० वटा देशसँग कारोबार भएकोमा १३४ देशसँग ब्यापार घाटा र बाँकी ३६ वटा देशसँग मात्रै व्यापार नाफाको अवस्था रहेको भन्सार विभागले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ