arrow

डेडिकेटेड र ट्रंकलाइन विवादमा सरकार गलत बाटो हिँड्दैछ -शक्ति बस्नेत [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
shakti-basnet-04-08.jpg

काठमाडौँ ।  प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंकलाइन विवादको समाधान ठाडो निर्देशनमा गर्न खोज्ने प्रवृति राम्रो नभएको बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौताको बिलको समाधान तथा निरूपण गर्ने विशेष कानूनी र विशेष व्यवस्थाहरूबाट गर्न जरुरी रहेको बताए । उनले डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता समाधानमा विधि र नियम भन्दा बाहिर गएर काम गरिरहेको बताए । उनले सरकारले डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानमा गलतबाट गएको भन्दै सचेत गराए ।

उनले भने,‘ डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौताको बिलको विषय छ । त्यसको निरूपण गर्ने विशेष कानूनी र विशेष व्यवस्थाहरू पनि छ । सरकार त्यो बाटो हिँड्नुपर्‍यो । कुरा सुशासन र विधि,नियम गर्ने तर समाधान ठाडो निर्देशनमा खोज्ने । सरकार गलत बाटो हिँड्दैछ । सभामुखमार्फत सचेत गराउन चाहन्छु । नियमक निकायहरूले दैनिक कार्यकारी र व्यवस्थापकीय कामहरूमा रुचि देखाएर आफूलाई विवादित बनाउन आग्रह गर्न चाहन्छु । ऊर्जा क्षेत्रले यतिबेला मुलुक समृद्धिको बाटोमा गएको छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ