arrow

केन्द्रको हस्तक्षेपले उपनेता मुख्यमन्त्री बनेपछि संसदीय दलको नेताबाट गिरीले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
lila-giri-rupendehi2-kha-uml.jpg
तस्बिर – फाइल ।

बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले राजीनामा दिएका छन् । मुख्यमन्त्री बन्नबाट बन्चित गरिएपछि गिरीले राजीनामा दिएका हुन् ।

गिरीले मुख्यमन्त्री बन्ने तयारी गरिरहेका बेला पार्टी महासचिव शङ्कर पोखरेलले हस्तक्षेप गरेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएपछि गिरी असन्तुष्ट रहेका थिए । 

गिरीले संसदीय विधि, पद्धतिभन्दा बाहिर गएर मुख्यमन्त्री नियुक्तिको निर्णय भएको भन्दै संसदीय दलको नेताबाट राजीनामा दिएको बताएका छन् । 

कांग्रेसको सहयोगमा मुख्यमन्त्री बनेका संसदीय दलका उपनेता आचार्यले आजै शपथ लिएर ९ सदस्यीय मन्त्रिमण्डल गठनसमेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ