arrow

विमान दुर्घटनास्थल पुगे प्रधानमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
plane-crash-surya-air.jpg

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको विमान दुर्घटनास्थल पुगेका छन् । बुधबार बिहान दुर्घटनामा परेको विमानबारे जानकारी लिन प्रधानमन्त्री ओली विमानस्थल पुगेका हुन् ।

 प्रधानमन्त्री ओली उद्धार र दुर्घटनाको अवस्था बुझ्न घटनास्थल पुगेका हुन् ।  दुर्घटनाग्रस्त विमानमा १९ जना यात्रु सवार रहेको बताइएको छ । जसमध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ । 

पाइलट मनिष शाक्यको उद्धार गरी अस्पतालमा उपचार भइरहेको छ । घटना लगत्तै गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसहित उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ