arrow

नेपाल साहित्यको उर्वर भूमि - प्रम ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १२ शनिबार
kp-oli-04-12.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यको उर्वर भूमि भएको बताएका छन् । शनिबार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । 

उनले वनजंगल, घाँस पात, पानी पधेँरा, रोधीहरु नेपालका महत्त्वपूर्ण सम्पत्ति भएको बताए । उनले नेपालमा मात्रै यस्ता संस्कृति र संस्कार रहेको भन्दै यसको संरक्षणमा लाग्नुपर्ने बताए । उनले नेपाल प्रतिभा र साहित्यको उर्वर भूमि रहेको बताए । युगकवि सिद्धिचरण श्रेष्ठ लगायतका युगान्तकारी व्यक्तिहरूले नेपालमा जन्म लिएर नेपालको साहित्यलाई धेरै माथि लगेको बताए । 

उनले भने, ‘हाम्रो भूमिमा मैले धेरै ठाउँमा भन्ने गरेको छु, हाम्रो भूमिमा वनजंगल, घाँस पात, पानी पधेँरा, रोधीहरु यी साधारण कुरा होइन, हाम्रो धर्तीमा मात्रै छ । यस धर्तीमा मात्रै छ । यस ठाउँमा मात्रै छ । त्यो प्रतिभा हो । यसरी साहित्यको विकास हुँदै आयो । त्यसैले यो साहित्यको अत्यन्त उर्वर थलो हो । यसमा सिद्धिचरण श्रेष्ठ जस्ता युगान्तकारी कविहरूदेखि लिएर अरू निबन्धकार, उपन्यासकार, महाकाव्यकारहरू थुप्रै, हास्यव्यङ्ग्यकारहरू त्यस्ता साहित्यकारहरू नेपाली भूमिमा रहे । अहिले त्यो साहित्य, आज त्यो साहित्य अलिक अघि बढ्न खोजेको छ तर कुन बाटो लिने र कसरी माथि उठ्ने भन्ने बहस चलिरहेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ