arrow

विशेष निर्देशन दिँदै प्रधानमन्त्री ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
oli-ministers-secretaries-81-4-13.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्गलबारको बैठकमा विशेष निर्देशन दिने भएका छन् । आइतबार विभिन्न सङ्घीय मन्त्रालयको कार्यप्रगतिबारे जानकारी लिएपछि मंगलबार ओलीले विशेष निर्देशन दिने भएका हुन् । 

बैठकपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत मङ्गलबार फेरि छलफल हुने बताएका छन् । उनले लेख्नुभएको छ, “नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई अगाडि बढाउन के-के समस्या छन्, कसरी काम गर्न सकिन्छ भन्ने विषयमा सचिवज्यूहरूले आ–आफ्ना मन्त्रालयको स्थितिबारे विस्तृतमा खुलेरै कुरा राख्नुभयो । भनिन्छ– समस्याको सही पहिचान नै आधा समाधान हो । अब भोलिको एक दिन हामीले सोच्ने समय लिएका छौँ र मङ्गलबार फेरि छलफल गरेर काम अगाडि बढाउने विषयमा निर्णय लिन्छौँ ।

ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रालयका सचिवहरूसँग कार्यप्रगति र भावी कार्ययोजनाबारे जानकारी लिएका थिए । सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए । ओलीले प्रधानमन्त्री भएपछि पहिलो पटक यस प्रकारको बैठक बोलाए ।

त्यस अवसरमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । प्रधानमन्त्री ओलीले उक्त प्रस्तुतिकरणमाथि आगामी मङ्गलबारको बैठकमा विशेष निर्देशन दिने कार्यक्रम तय भएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ