arrow

मुख्यमन्त्रीले खादा,माला र अबिर नलगाउने, घटाए सुरक्षा स्कर्टिङ्ग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १५ मंगलबार
chetnarayan-acharya-lumbini-cm.jpg
फाइल तस्बिर

अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले बधाई दिन आउने व्यक्तिबाट खादा, माला, अबिर नलगाउने र कुनै प्रकारको उपहार नलिने घोषणा गरेका छन् । 

उनले सूचना नै टाँस गरेर खादा माला निषेध गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा खादा, माला, अबिर नलगाउन निषेध गरेको सूचना टाँस गरेको मुख्यमन्त्री सचिवालयका प्रदिप नेपालीले जानकारी दिए ।

मुख्यमन्त्रीले सुरक्षा स्कर्टिङ्ग पनि घटाएका छन् । मुख्यमन्त्रीको सुरक्षार्थ खटिने नियमित टोलीबाहेक अन्यत्र जाँदा स्कर्टिङमा खटिने सुरक्षाकर्मी घटाइएको सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ